सप्ताहन्त

बिस्तारै

हरिशरण परियार | असार २६, २०७८

उनीहरू कर्कश चिच्याइरहेछन् 
बिस्तारै, बिस्तारै 

हो,
उनीहरूलाई कत्ति हतार छैन ।

हतार छैन
हजारौँ वर्ष कतै छुटेको अप्ठयारो बाटो हिँड्न
र, पुग्‍न नयाँ गन्तव्य ।
हतार छैन
खोज्‍न अजम्मरी झिल्को
र, चिर्न निष्पट्ट अन्धकार ।
हतार छैन
युगौँ युग लुटिएको सपनाको हिसाब खोज्‍न
र, कुटिल समयविरुद्ध उभ्भिन ।
हतार छैन
बारुद बोकेर टाउकोमा
आफ्नै अस्तित्वको घोषणा गर्न ।

तर,
म हतारमा छु
लामो श्वास फेर्न
उन्मुक्त उड्न
र, बतासलाई स्पर्श गर्न ।

म हतारमा छु
तिमीसम्म आइपुग्‍न
तिमीसँगै सपना बुन्‍न
तिमीसँगै बाँच्‍न
तिमीजस्तै मान्छे बन्‍न ।

म हतारमा छु
मौनताको कैद तोड्न
र ढाल्न ढोङ बाँचिरहेको यो समाज  ।

मलाई स्वीकार्य छैन बिस्तारै ।

बिस्तारै-
तालिनु हो
जम्नु हो ।

महाशय !
बिस्तारै पर्खनु
मृत्युलाई पर्खनु हो ।

त्यो भव्य पोताला दरबार र चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष

चिरञ्‍जीवी मास्के | असार १९, २०७८

माथि आकाशबाट तल कता हो कता ठडिएका हिमश्रृङ्खला र साना ठूला थुम्काहरूको घाँसे मैदान । एकैछिन अघिसम्म ह...

पुस्तकबाट पर्दामा रुपान्तरण हुन नसकेको 'जूनकीरीको संगीत'को असफल यात्राको कथा

गोविन्द वर्तमान | असार १९, २०७८

कलाको एउटा माध्यमबाट अर्को माध्यममा रूपान्तरण एउटा चुनौतीपूर्ण प्रक्रिया हो । कुनै चित्रकारले कुनै कविताल...

जूनकीरी

कृष्ण कञ्‍चन | असार १२, २०७८

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको । जनगायक जीवन...