अदालत

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

इकागज |
बैशाख २७, २०८१ बिहीबार १६:१९ बजे

फाइल फाेटाे

विराटनगर - कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । 


कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आव्हानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति सरकार गठनको आव्हान गरेर आजै दाबी पेश गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् ।
 


Author

थप समाचार
x