क्रिकेट

अलराउन्डरतर्फ दिपेन्द्र ११ औँ स्थानमा रहँदा अन्यको अवस्था कस्तो ?

इकागज |
बैशाख २६, २०८१ बुधबार १५:२३ बजे

काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ नेपालका दिपेन्द्र सिंह ऐरीको वरीयता यथावत् रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अलराउन्डरतर्फ दिपेन्द्र ११ औँ स्थानमा यथावत् रहेका हुन् । अलराउन्डरतर्फ नै कुशल मल्ल एक स्थानमाथि ३२ औँ स्थानमा उक्लिएका छन् ।


टी-ट्वान्टीको ब्याटिङतर्फ भने दिपेन्द्र ५० औँ स्थानमा यथावत हुँदा कप्तान रोहित पौडेल एक स्थानमाथि ५८ औँ स्थानमा उक्लिएका छन् । आशिफ शेख ८६ औँ स्थानमा यथावत् छन् ।

बलिङतर्फ सोमपाल कामी एक स्थानमाथि ९२ औँ स्थानमा पुगेका छन् ।


Author

थप समाचार
x