क्रिकेट

टी-ट्वान्टी विश्वकपअघि भारतले मुख्य प्रशिक्षक खोज्दै

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १४:५ बजे

काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि संयुक्त रुपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघि मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ ।

मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल समाप्त हुने समय आइसकेपछि बीसीसीआईले विश्वकपअघि नै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्न लागेको क्रिकइन्फोले जनाएको हो । द्रविडको कार्यकाल जुन महिनाको अन्त्यपछि समाप्त हुनेछ ।


जुन २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि बीसीसीआईले मुख्य प्रशिक्षक द्रविडलाई विश्वकपसम्म टिमसँग रहन आश्वास्त पारिसकेको भएपनि कार्यकाल थप्नका लागि द्रविडले पनि आवेदन दिनुपर्ने जनाइएको छ ।

भारतीय टिम विश्वकपका लागि प्रस्थान गर्नुअघि नै आवेदन माग्ने क्रिकइन्फोले जनाएको छ । बीसीसीआईका सचिव जय शाहका अनुसार नयाँ प्रशिक्षकको कार्यकाल सन् २०२७ को एकदिवसीय विश्वकपसम्मका लागि हुनेछ ।


Author

थप समाचार
x