समाज

कतारबाट फर्केका लिम्बु सुनसहित विमानस्थलबाट पक्राउ

इकागज |
बैशाख २८, २०८१ शुक्रबार १८:१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारबाट फर्केका एक युवा पक्राउ परेका छन् । सुनसरी धरान उपमहानरपालिका- ५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । 

लिम्बुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । ब्रासलेट १ थान, औठी १ थान र मोबाइल १ थान सहित पक्राउ परेका हुन् ।


उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले यस कार्यालयबाट खटिएका टोलीले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार लिम्बु हाल काठमाडौँ महानगरपालिका ७ चावहिलमा बस्ने गर्दथे ।

 


Author

थप समाचार
x