क्रिकेट

दुर्गाराज पाठक क्यानको कार्यवाहक सचिव नियुक्त

इकागज |
माघ १८, २०७९ बुधबार १३:२ बजे

पोखरा- नेपाल क्रिकेट संघ (क्यान) ले दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ । प्रशान्त विक्रम मल्लले कार्यवाहक सचिव पदबाट राजीनामा दिएपछि क्यानको बैठकबाट दुर्गाराजलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिवको जिम्मेबारी दिइएको थियो । मल्ल नेपाल नेपाल टी-ट्वान्टी लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा रहेका थिए ।



Author

थप समाचार
x