क्रिकेट

[फोटो फिचर]

अझै रोकिएन वर्षा, छाता ओढेर दर्शक खेल हेर्न कुर्दै

इकागज |
बैशाख १८, २०८० सोमबार १४:४६ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाका कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हाे । तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आसमा छाता ओढेर कुरेर बसेका छन् ।


नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो । नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई/दुई र सोमपाल कामी र गुल्सन झाले समान एक/एक विकेट लिएका छन् । 

उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन् । तर, वर्षा भने भइरहेको छ । 


Author

थप समाचार
x