क्रिकेट

मेयर बालेन भन्छन्: सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट रंगशाला बनाउन पहल गर्छ

इकागज |
भदौ १९, २०८० मंगलबार १०:३१ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशालामा बनाउन पहल गर्ने बताएका छन् ।

एसीसी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका बालेनले सरकारले काठमाडौँ महानगर अथवा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराए महनगरले रंगशालामा बनाउन पहल गर्ने बताएका हुन् ।


उनले सामाजिक सञ्जालमा रंगशाला र केही ठूला खेलहरु भए नेपालमा खेलको विकास हुन सक्ने दावी गरे ।

बालेनले एकै खेलबाट करोडौँ रकम आम्दानी गर्न सकिने समेत बताएका छन् ।

 


Author

थप समाचार
x