क्रिकेट

पीएम कप क्रिकेट : एपीएफले कोशी प्रदेशलाई दियो ११५ रनको लक्ष्य

इकागज |
पुस १८, २०८० बुधबार १२:३० बजे

काठमाडौँ- प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो ।


एपीएफका लागि इन्दु वर्माले ४७ बलमा सर्वाधिक ५३ रन बनाउँदा ६ चौका र १ छक्का हिर्काइन् । ज्योती पाण्डेले २७ रनको योगदान गरिन् ।

कोशी प्रदेशका लागि अप्सरी बेगमले सर्वाधिक ३ विकेट हात पार्दा अलिशा खडियाले २ विकेट लिए । रुविना क्षेत्री र निशा शाहले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x