क्रिकेट

लन्डनबाट भारत फर्किएका कोहली जुटे आईपीएलको तयारीमा

इकागज |
चैत ४, २०८० आइतबार १६:४१ बजे

काठमाडौँ- लामो समयको लन्डन बसाइपछि भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली भारत फर्किएका छन् ।

भारत फर्किएसँगै कोहली नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को तयारीमा समेत जुटेको आईएएनएसले जनाएको छ ।


मार्च २२ तारखिबाट सुरु हुने आईपीएलमा कोहलीले रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्नेछन् ।

श्रीमती तथा बलिउड नायिका अनुष्का शर्मा गर्भवती अवस्थाको अन्तिम समयमा पुगेसँगै कोहली उनीसँगै लामो समयदेखि लन्डनमा बस्दै आएका थिए ।

उनी लामो समयदेखि क्रिकेट खेलबाट पनि टाढा रहेका थिए । केही समयअघि नै उनीहरुले छोरालाई समेत स्वागत गरेका थिए ।

बैंग्लोरले मार्च २२ मा चेन्नई सुपर किंग्सविरुद्ध खेल्दै आईपीएलको सुरुवात गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x