क्रिकेट

आईपीएलः बैँग्लुरुले आज कलकताको सामना गर्दै

इकागज |
चैत १६, २०८० शुक्रबार १२:२० बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैँग्लुरुले कलकता नाइट राइडर्सको सामना गर्दैछ ।

बैँग्लुरु र कलकताबीचको खेलको बैँग्लोरमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा बैँग्लुरुको यो तेस्रो खेल हो । उसले एक खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ ।

यता कलकताको यो दोस्रो खेल हो । कलकताले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ४ रनले पराजित गरेको थियो ।


Author

थप समाचार
x