क्रिकेट

टी-ट्वान्टी सिरिजका लागि पाकिस्तानले आयरल्यान्डको भ्रमण गर्ने

इकागज |
चैत १६, २०८० शुक्रबार १७:३८ बजे

काठमाडौँ- टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि पाकिस्तानले आयरल्यान्डको भ्रमण गर्ने भएको छ ।

पाकिस्तानले ३ खेलको टी-ट्वान्टी सिरिजका लागि आयरल्यान्डको भ्रमण गर्न लागेको क्रिकइन्फोले जनाएको हो ।


पाकिस्तान र आयरल्यान्डबीचको सिरिज मे १० तारिखबाट सुरु हुने तालिका रहेको छ । दोस्रो खेल मे १२ तथा तेस्रो खेल मे १४ तारिखमा हुने तय भएको छ ।

यसअघि पाकिस्तानले सन् २०१८ मा टेस्ट खेलका लागि आयरल्यान्डको भ्रमण गरेको थियो ।  


Author

थप समाचार
x