घटना-दुर्घटना

अस्तु सेलाउन गएका युवालाई नदीले बगायाे

इकागज |
साउन १९, २०८० शुक्रबार १३:१६ बजे

चितवन । देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।

शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।  


१५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए । बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x