घटना-दुर्घटना

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

इकागज |
साउन २३, २०८० मंगलबार १५:४९ बजे

बुटवल- रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा १४ जना घाइते छन् ।

मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइ नसकेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटरमुनि खसेर दुर्घटनाग्रस्त भएको थियाे । 


दुर्घटनामा घाइते भएकाहरूमध्ये पाँच जनालाई थप उपचारका लागि घोराही पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x