घटना-दुर्घटना

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

इकागज |
साउन २३, २०८० मंगलबार १६:२२ बजे

डुम्रे - अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक भासिएपछि विहानदेखि यातायात अवरुद्ध भएको थियो । 

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण देउरालीमा सडक आज विहान साढे ११ बजेतिर  भासिँदा सवारीसाधन एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 
    
मुग्लिन पोखरा सडक विस्तार योजनाको काम भइरहेको अवस्थामा सडक भासिँदा साना सवारीसाधन मात्रै सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।  उनका अनुसार सडक विस्तारको काम भइरहेकाले सो स्थानमा सडक भासिएको हो ।


“निरन्तर वर्षा भइरहेकाले अहिले नै ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन”, प्रहरी नायब उपरीक्षक खाणले भने । साथै निर्माणाधीन आँबुखैरेनी–जामुने–कोत्रे सडकखण्डमा वर्षाका कारण अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिए । रासस


Author

थप समाचार
x