घटना-दुर्घटना

११ दिनदेखि बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन

इकागज |
भदौ १६, २०८० शनिबार १९:२३ बजे

सांकेतिक तस्विर

बैतडी- विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उनले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । प्रहरी निरीक्षक केसीले भने, “बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।”
रासस



Author

थप समाचार
x