घटना-दुर्घटना

जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
भदौ १७, २०८० आइतबार १४:४५ बजे

सुर्खेत- जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

आज दिउँसो कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्ने ठाउँमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।


दुर्घटनामा परी मृत्यु हुनेमा मुगुको छायानाथ रारा नगरपालिकाका २७ वर्षीया अविराम कार्की र सोही गाउँका २२ वर्षीया जितेन्द्र रावत रहेका छन् । जीपमा दुई जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए । 


Author

थप समाचार
x