प्रमुख समाचार

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

इकागज |
पुस ५, २०७७ आइतबार १२:१३ बजे

फाइल तस्बिर

काठमाडौं : काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस गरिरहेका बेला सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ दोलखा विद्यालय भवन उद्घटनमा व्यस्त छन् । उनले विद्यालय भवन उद्घाटन समारोहमा सरिक भइरहेका बेला मन्त्री गुरुङलाई संसद्‍ विघटनको सूचना फोनबाट प्राप्त गरेका छन् ।

दोलखामा रहेका सरकारका प्रवक्ता गुरुङ गृह स्थानीय तह गौरीशंकर गाउँपालिका, वडा कार्यालय लगायत स्थानीयले आयोजना गरेको कार्यक्रममा छन् ।


प्रधानमन्त्री ओलीले काठमाडौंमा संसद्‍ विघटन गर्न सिफारिस गरिरहेकै बेला सरकारका प्रवक्ता गुरुङ भने जन्मगाउँ काप्तीस्थित दिव्यश्वरी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिरहेका थिए ।

शुक्रबार राती सदरमुकाम चरिकोट पुगेका सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङ मंगलबार मात्र राजधानी फिर्ता हुने कार्यतालिका छ । आइतबार नै सरकारका प्रवक्ता गुरुङद्वारा बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन गर्ने कार्यक्रम छ ।

र, यो पनि

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x