खेलकुद

आर्मीलाई हराउँदै न्यु डायमण्ड बन्यो दमक कपको च्याम्पियन

आर्मीलाई-हराउँदै-न्यु-डा

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:६ बजे

काठमाडौं–होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। विभागीय त्रिभुवन आर्मी क्लबलाई हराउँदै डायमण्डले उपाधि हात पारेको हो ।

दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बन्यो ।

प्रतिष्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट १९–२५ ले गुमायो । लयमा फर्किएको डायमण्डले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेट डायमन्डले आफ्नो पक्षमा पारेको थियो। डायमण्डले २६–२४ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको हो। निर्णायक सेटमा डायमन्डले एकपक्षीय प्रदर्शन गर्दै १५–६ को सहज जित निकाल्दै च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै डायमन्डले २ लाख रुपैयाँसँगै ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको आर्मीले १ लाख रुपैयाँमा चित्त बुझायो।
एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस तेस्रो भयो। तेस्रो भएको पुलिसले ५० हजार तथा चौथो भएको एपीएफले ३० हजार रुपैया प्राप्त गरेको छ ।

दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २१ फागुनदेखि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगितामा ६ टोलीको सहभागी थिए ।



Author

थप समाचार
x