दल

बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारीः विनोद चौधरी

इकागज |
असोज २८, २०७९ शुक्रबार १३:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् र

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरूको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन् । उनले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने बताए ।


चाैधरीले मुलुकको दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको उल्लेख गरे । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष निर्वाचनमा उठेको जिकिर गरे ।

चौधरीले सबै चार्टर्ड एकाउन्टेन्ट्सहरूलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरे ।

चौधरीले आफूले चार्टड एकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उल्लेख गरे ।

चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपूर प्रयोग गरेको जनाए । उनले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहाेर्‍याए । उनले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे ।

चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबद्लिएको बताए । 

 


Author

थप समाचार
x