दल

महोत्तरी-३ बाट लोसपा अध्यक्ष ठाकुर पुन: विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १९:५० बजे

फाइल तस्बिर

काठमाडौँ - महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पार्दै ठाकुर विजयी भएका हुन् ।

ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गरे भने यादवले १४ हजार ३ सय २५ मत प्राप्त गरेका छन् । ठाकुरलाई सत्ता गठबन्धनको साथ थियो । 


अघिल्लो निर्वाचनमा उनी कांग्रेसको सहयोगले भारी मतान्तरसहित महोत्तरी– ३ बाटै निर्वाचित भएका थिए।

पहिलोपल्ट उनी ०४८ को संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए। त्यसपछि ०५१ र ०५६ को निर्वाचनमा पनि लगातार सांसद निर्वाचित भए। त्यसपछि ०६३ मा संसद् पुनर्स्थापना हुँदा पनि उनी सदस्य थिए । 

तर, ०६४ र ०७० को निर्वाचनमा भने लगातार पराजित भए । यद्यपि, ०६४ सालको प्रथम संविधानसभामा भने उनी राष्ट्रपतिबाट मनोनीत भएर संसद्मा पुगेका थिए ।


Author

थप समाचार
x