दल

एकीकृत समाजवादीको सचिवालय बैठकले के गर्‍यो निर्णय ?

इकागज |
पुस ७, २०८० शनिबार १६:४९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा कीकृतए समाजवादीको सचिवालय बैठकले सुझावहरूलाई समेटेर विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव तथा संशोधनहरू समेत समावेश गरेर ११, १२ र १३ गते बस्ने केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 


समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी, राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेस गर्ने समाजवादीको तयारी छ ।  बैठकले ९ र १० गते बस्ने भनिएको स्थायी कमिटी र पोलिटब्युरो बैठकलाई स्थगित गर्दै उक्त बैठकलाई केन्द्रीय कमिटी बैठकमा नै समायोजन गर्ने निर्णय गरिएको उनले जानकारी दिए । .

त्यस्तै सचिवालय बैठकले विभिन्न प्रकारका नसर्ने रोगहरूले आक्रान्त गराईरहको अवस्थामा एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जीवनपर्यन्त गरिने अंगदान गर्न सावर्जनिक आह्वान गर्ने निर्णय गरिएको खतिवडाले बताए । 


Author

थप समाचार
x