दल

देउवाले चार सिट दिन्छु भनेपछि बैठकमा फर्किए शेखर

इकागज |
पुस २२, २०८० आइतबार २२:१ बजे

काठमाडौँ- राष्ट्रिय सभामा चार सिट दिने भएपछि नेपाली कांग्रेस नेता डा. शेखर काेइराला बैठकमा फर्किएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले तीन सिटभन्दा दिन नसक्ने बताएपछि संसदीय बाेर्डकाे बैठक छाडेर निस्किएका शेखर फेरि बैठकमा पुगेका हुन् । 'सभापति ज्युले चार सिट दिने आउनु भन्ने खबर पठाउनुभयाे,' स्राेतले भन्याे, 'त्यसैले हामी बैठकमा जाँदै छाैं ।'


राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनबाट १० सिट भाग पाएकाे थियाे ।

 

देउवाले चार सिट दिन नमानेपछि बैठक छाडेर हिँडे शेखर


Author

थप समाचार
x