दल

कांग्रेस केन्द्रीय सदस्यमा थारुतर्फ रामजनम चौधरी विजयी

इकागज |
पुस ६, २०७८ मंगलबार २१:९ बजे

फाइल फोटो

काठमाडौँ :  नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारुतर्फको मत परिणाम सार्वजनिक भएको छ । पार्टीको १४ औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्य थारु खुला दुई पदमा रामजनम चौधरी २,५०३ र योगेन्द्र चौधरी २,१९८ मत प्राप्त गरी विजयी भएका कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

केन्द्रीय सदस्य थारु महिलामा कल्पना चौधरी २,५२४ र जीवन राना २,३४९ मत ल्याएर विजयी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 



Author

थप समाचार
x