राजनीति

काँग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री

इकागज |
भदौ २५, २०७९ शनिबार १७:६ बजे

फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नेपाली काँग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् ।

नेपाली काँग्रेसका नेता समेत रहेका गृहमन्त्री खाणले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरूले भाषण बाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन् ।


नेपाली काँग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे । उनले आफू काँग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको समेत जिकिर गरे ।

मन्त्री खाणले नेपाली काँग्रेसले आफ्नो हैसियतअनुसार निर्वाचनको सिट संख्या बाँडफाँट गराउने काममा भने बुद्धिमता पूर्वक काम गर्नुपर्ने बताए । 


Author

थप समाचार
x