राजनीति

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

इकागज |
असोज २९, २०७९ शनिबार १८:३४ बजे

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको मागविपरीत भएको उनको दाबी छ । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।


एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।


Author

थप समाचार
x