राजनीति

उपनेता कार्की प्रदेशसभा सदस्यमा निर्वाचित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १९:३० बजे

विराटनगर - नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका उपनेता एवं भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की उदयपुरको प्रदेशसभा क्षेत्र नं. १ (२) बाट निर्वाचित भएका छन् ।

कार्कीले नेकपा एमालेका इश्वरमणि राउतले २१५ मतले पराजित गर्दै विजयी भएका हुन् । सुरुवातदेखि नै झिनो अग्रता बनाउँदै अघि बढेका कार्की गणनाको अन्तिमसम्म मतान्तरमा टिकिरहँदा जित सम्भव भएको हो ।


उपनेता कार्की १४ हजार ९७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । पराजित भएका एमाले प्रदेश कमिटी सचिवालय सदस्य राउतले १४ हजार ७६४ मत पाएका छन् ।

कार्की २०७४ को आम निर्वाचनमा वामगठबन्धनका उम्मेदवार रामबहादुर थापा मगरलाई १ हजार ५९८ मतले पराजित गर्दै प्रदेशसभा सदस्य चुनिएका थिए ।


Author

थप समाचार
x