राजनीति

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित, प्रतिनिधि सभामा छलफल जारी

इकागज |
जेठ ९, २०८० मंगलबार १६:४ बजे

काठमाडौं– नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रिय सभाबाट पारित भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको उत्तर दिएका थिए । 


सरकारको तर्फबाट गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । 

राष्ट्रिय सभाको अर्को १४ गते बस्ने गरी स्थगित भएको छ । 
 


Author

थप समाचार
x