राजनीति

समावेशी महाधिवेशन गराउने कांग्रेसको निर्णय, मीन विश्वकर्माको राजीनामा फिर्ता होला ?

इकागज |
भदौ १७, २०७८ बिहीबार २१:३६ बजे

फाइल फोटो

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशन समावेशी बनाउने निर्णय गरेको छ । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितीमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार निर्वाचन समिति संयोजक महादेव यादवको परामर्शमा महाधिवेशनलाई समावेशी बनाउन सहमहामन्त्री प्रकाशशरण महत र मिनेन्द्र रिजालबीच सहमति भएको हो ।

महाधिवेशनलाई समावेशी बनाउने विषयमा दुई नेताबीच सहमति भई प्रधानमन्त्री तथा सभापति देउवालाई बुझाउने निर्णय भएको पनि कांग्रेसले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा समावेशी कोटामा एक जना वडा कार्यसमिति र एक जना क्षेत्रीय प्रतिनिधि थप गर्ने व्यवस्था गरेको छ । 


यसअघि महाधिवेशन कार्यतालिकामा दलितको प्रतिनिधित्व सुनिश्चित नगरेको भन्दै नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका थिए । तर यसबारेमा विश्वकर्माले प्रतिक्रिया जनाएका छैनन । 


Author

थप समाचार
x