राजनीति

पार्टीले नेतृत्व टुंग्याउने निर्णय गरेपछि पेचिलो बन्यो अखिल क्रान्तिकारीको विवाद

इकागज |
असोज १६, २०७८ शनिबार २१:२३ बजे

काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थीको नेतृत्व चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेसंगै संगठनमा थप पेचिलो बहस सुरु भएको छ । 

बन्द सत्र चलिरहेका बेला नेतृत्व पार्टीले टुंग्याउने निर्णय स्थायी समिति बैठकले गरेपछि हलका अधिकांश प्रतिनिधिहरूले आफूहरूको विवेकमा विश्वास नगरिएको भन्दै आक्रोश व्यक्त गर्न थालेका छन् । राष्ट्रिय सम्मेलन प्रतिनिधि विकास खड्काले आफूहरूको विवेकमा पार्टी नेतृत्वले विश्‍वास नगरेको बताए ।  


`अहिले हलका सबै कमरेडहरूले नेतृत्व आफै चयन गर्न पाउनु पर्छ भन्ने मत बलियो बनाउदै लैजानु भएको छ । गुटको नेता को हो थाहा भएन । विद्यार्थीको ग्राउण्डमा भिजेको कुशल संगठकलाई जिताउनु पर्छ भन्ने हाम्रो माग हो,' खड्काले भने । 

`अखिल क्रान्तिकारी भित्र पनि वाईसीएल नेपालको जस्तो प्रकरण दोहोर्‍याउन खोजिएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न सकिएन भने विद्यार्थी आन्दोलन पनि धरासयी बन्ने पक्का छ´ अर्का एक प्रतिनिधिले भने ।

सम्मेलनले नेतृत्व टुंग्याउने जिम्मा नपाएपछि पार्टीको हस्तक्षेप बढ्ने भन्दै क्रान्तिकारीमा असन्तुष्टी बढ्दै गएको छ ।


Author

थप समाचार
x