राजनीति

बागमती प्रदेशबाट कांग्रेस महिला केन्द्रीय सदस्यमा उर्मिला निर्वाचित

इकागज |
पुस ६, २०७८ मंगलबार १८:८ बजे

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय बागमती प्रदेश महिला १ पदको लागि भएको निर्वाचनमा उर्मिला नेपाल केसी निर्वाचित भएकी छन् । एक पदका लागि भएको निर्वाचनमा ३ जना चुनावी मैदानमा थिए । ४६५८ मत खसेकोमा उर्मिलाले २३४९ मत ल्याएर निर्वाचित भइन् । त्यस्तै विष्णुदेवी पुडासैनीले १६७० , कृष्णा अमात्यले ५५१ मत ल्याएर पराजित भए । जम्मा ३३ मत बदर भएको निर्वाचित समितिले जनाएको छ ।    



Author

थप समाचार
x