राजनीति

एमालेले भरतपुर महानगरको मेयरको उम्मेदवार विजय सुवेदीलाई बनाउने

इकागज |
चैत २७, २०७८ आइतबार १७:११ बजे

चितवन – नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।


महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् । 

यसअघि महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् । उपमेयरको उमेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ । 
 


Author

थप समाचार
x