गण्डकी

समाजवादी मोर्चाको गण्डकीस्तरीय प्रदेशसभा आज

इकागज |
भदौ १५, २०८० शुक्रबार ७:५ बजे

पोखरा- आज समाजवादी मोर्चा नेपालले पोखरामा सन्देश सभा आयोजना गर्दैछ ।

देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले गण्डकीमा पनि प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्न लागेको हो ।


पोखरास्थित दिपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सो सभालाई सम्बोधन गर्नेछन ।

हिजो मात्रै मोर्चाले सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो भने बुधवार गर्ने भनिएको धनगढीको सुदुरपश्चिम स्तरीय सभा भने अन्तिम समयमा आएर स्थगित गरेको थियो ।


Author

थप समाचार
x