गण्डकी

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

इकागज |
भदौ १७, २०८० आइतबार १३:११ बजे

तनहुँ- भिमाद नगरपालिका-२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत सातजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  


Author

थप समाचार
x