गण्डकी

एमाले गण्डकीकाे अधिवेशन उद्घाटन गर्न केपी आएनन्, महासचिव शंकर पाेखरेलबाट कार्यक्रम उद्घाटन

इकागज |
असोज १५, २०८० सोमबार १६:० बजे

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सोमबार सुरु भएकाे छ । उद्घाटन सत्रका लागि पाेखरा अमरसिंह चाैरमा भब्य कार्यक्रम आयाेजना गरिएकाे थियाे । साे कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली आउने तय थियाे । तर, बिहानैदेखि पाेखराकाे माैसम प्रतिकुलताले उडान नभएपछि अध्यक्ष ओली आउन ढिला भयाे । 

साेही कारण १२ बजे हुने भनिएकाे कार्यक्रम १.३० मा सुरु भयाे । औपचारिक कार्यक्रमकाे र अधिवेशनकै उद्घाटन नहुँदै मन्तव्य सुरु भयाे । सुरुमा नेकपा एमाले गण्डकी उपाध्यक्ष माेहन रेग्मीले स्वागत गरे । त्यस लगत्तै स्थायी कमिटी सदस्य थममाया थापा बाेलिन् । लगत्तै स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सचिव पद्मा अर्याल र गण्डकी ईन्चार्ज गाेकर्ण विष्टले मन्तब्य राखे ।


त्याे समयसम्म पनि प्रमुख अतिथि आउने अत्ताेपत्ताे थिएन । त्यसपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बाेलेर सक्दासम्म अध्यक्ष ओली नआएपछि नाच तथा झाँकी देखाएर नेता कार्यकर्तालाई भुलाइएकाे थियाे ।

अन्ततः माैसमका कारण देखाउँदै अध्यक्ष ओलीले नआउने जानकारी गराए । झाँकी पनि सकिन लाग्दै गर्दा महासचिव शंकर पाेखरेल आएर कार्यक्रम उद्घाटन गरेका छन् ।


Author

थप समाचार
x