समाज

काठमाडौँ उपत्यकामा एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारबाही

इकागज |
साउन ६, २०७९ शुक्रबार ८:१० बजे

फाइल तस्बिर

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ९४१ जना सवारी चालकलाई कारबाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् । 

अन्य कारण कारबाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् । 


Author

थप समाचार
x