समाज

भेडीगोठमा आगलागी हुँदा एक जनाको मृत्यु

इकागज |
चैत ३०, २०८० शुक्रबार १५:२३ बजे

फाइल तस्बिर

हुम्ला- हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा आगलागीमा परी एक जना व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । 

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनले बताए ।



Author

थप समाचार
x