खेलकुद

‘महिनावारीले खेलकुद प्रदर्शनमा पार्ने प्रभाव अध्ययनका लागि थप कोषको आवश्यकता छ’

इकागज |
भदौ ३, २०७९ शुक्रबार ११:१० बजे

काठमाडौँ- इंग्ल्यान्डकी छोटो दूरीकी धाविका डिना एसर-स्मिथले खेलकुद प्रदर्शनमा महिनावारीले पार्न प्रभावबारे थप अनुसन्धान गर्न आह्वान गरेकी छन् । 

महिनावारीले निम्त्याएको पीडाका कारण जर्मनीको म्युनिखमा जारी युरोपियन एथलेटिक्स च्याम्पियनसीपको १०० मिटर दौड बीचमै छाडेपछि डिनाले महिनावारीका कारण खेलाडीको प्रदर्शनमा गर्ने असरको प्रभावबारे अध्ययनका लागि थप कोषको लागि समेत आह्वान गरेकी रोयटर्सले जनाएको छ । 


२६ वर्षीया डिनाले मंगबार दौडिँदै गर्दै महिनावारीका कारण खुट्टामा समस्या आएको थियो । तर शुक्रबारको २०० मिटर दौडका लागि बिहीबार भएको छनोटमा सहभागी भएकी थिइन् । 

‘यो महिलाको समस्या हो । र यसको बारेमा खेलकुद विज्ञानको दृष्टिकोणबाट अध्ययन गरिनुपर्छ किनभने यो ठूलो कुरा हो,’ डिनाले बताइन् । डिनाले महिलाका लागि यो ठूलो समस्या भएको तथा यसको अध्ययनबारे थप कोषको आवश्यकता रहेको बताइन् । 

डिनाले बताए अनुसार यदी यो पुरुषको विषय भएको भए समाधानका कैयौं उपायहरु अपनाइन्थे तर महिलाका लागि अहिले केवल थप कोषको आवश्यकता रहेको छ । 

यसअघि फ्रेन्च ओपन टेनिसका क्रममा विश्व नम्बर एक महिला टेनिस खेलाडी इगा स्वाटेकले यस विषयलाई उठाएकी थिइन् तथा उनले औषधी तथा प्रविधिको आधुनिकीकरणले यो समस्या समाधान हुन सक्ने धारणा राखिन् । 


Author

थप समाचार
x