खेलकुद

सावित्राले भारतविरुद्धको सेमिफाइनल खेल्ने

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १६:२५ बजे

काठमाडौं–नेपालकी फुटबल स्टार सावित्रा भण्डारी ‘साम्बा’ले भारतविरुद्धको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने भएकी छिन् ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड भण्डारीले यसअघि श्रीलंकाविरुद्धको खेल गुमाएकी थिइन् ।

डेंगुको संक्रमण देखिएपछि सावित्राले सोमबार दशरथ रंगशालामा समूह ‘बी’ अन्तर्गत श्रीलंकाविरुद्ध हुने खेल गुमाएकी हुन् । आज ५ः३० बजेबाट भारतसँग हुने खेलका लागि उनी टोलीसहित रंगशाला आएकी छिन् ।


सावित्राले भुटानविरुद्ध भएको पहिलो खेलमा नेपालका लागि २ गोल गरेकी थिइन् । उक्त खेल नेपालले ४–० ले जितेको थियो ।
 


Author

थप समाचार
x