खेलकुद

क्यामरुनमाथि स्वीजरल्याण्डको झिनो अन्तरको जित

इकागज |
मंसिर ८, २०७९ बिहीबार १८:१३ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत स्वीजरल्याण्डले जित हात पारेको छ । अल जानोब स्टेडियममा भएको खेलमा स्वीजरल्याण्डले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गरेको हो । समूह 'जी' मा रहेको स्वीजरल्याण्डले समूह चरणको पहिलो खेलमै क्यामरुनमाथि जित निकालेको हो ।

स्वीजरल्याण्डलाई जित दिलाउन एकमात्र गोल ब्रिल इम्बोलोले गरे । पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफमा स्वीजरल्याण्डले अग्रता लिएको थियो । ब्रिलले ४८ औँ मिनेटमा गोल गर्दै स्वीजरल्याण्डलाई ३ अंक दिलाए ।



Author

थप समाचार
x