खेलकुद

कतार विश्वकप : उपाधि दाबेदार ब्राजिलको विजयी सुरुआत

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ३:९ बजे

काठमाडौं– कतार विश्वकप २०२२ अन्तरगत उपाधि दाबेदार ब्राजिलले विजयी सुरुआत गरेको छ । आज भएको खेलमा सर्वियामाथि २–० को गोल अन्तरले हराउँदै ब्राजिलले महत्वपूर्ण ३ अंक जोडेको हो ।

ब्राजिलका रिचार्लिसनको दुई गोलप्रेरितले फिफा विश्वकपको समूह ‘जी’अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा सर्बियालाई ब्राजिलले जितेको थियो । यो खेल दोहास्थित लुसेल रंगशालामा भएको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ब्राजिलका लागि ६२औं मिनेटमा रिचार्लिसनले गोल गरेर टोलीलाई अग्रता दिलाए ।


अर्काे गोल भिनिसियसले गरेको क्रसमा सुपर फिनिसिङ गर्दै रिचार्लिसनले गोल गरे । त्यही गाेलले टोलीको जित सुनिश्चित भयो । जितसँगै ब्राजिल समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ।


Author

थप समाचार
x