खेलकुद

ओलम्पिक : खेलाडी जापान आउने क्रम सुरू, अष्ट्रेलियाबाट आए पहिलो टिम

इकागज |
जेठ १९, २०७८ बुधबार ९:० बजे

जापान : जुलाईबाट सुरु हुने ओलम्पिक खेलका लागि बिदेशबाट खेलाडी आउने क्रम सुरु भएको छ । अष्ट्रेलियाबाट सफ्टबलका खेलाडीसहितको ३० जनाको टिम मंगलबार नारिता विमानस्थलमा ओर्लेको छ । ओलम्पिकका लागि बिदेशबाट आउने पहिलो टिम पनि अष्ट्रेलियाको टिम रहेको एनएचकेले खबर छापेको छ ।

विमानस्थलमा जाँच गरिएको कोभिड-१९ परिक्षण नेगेटिभ आएपछि खेलाडी बस्‍ने ठाउँ ओता शहरमा पुगेका थिए । बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति  कोभिडको खोप लगाएका हुनेछन् । साथै उनीहरूको हरेक दिन कोभिड संक्रमण परीक्षण गरिने पनि बताइएको छ । संक्रमण रोकथाम गर्न र अन्य व्यक्तिसँगको सम्पर्क रोक्न विदेशबाट आउने ओलम्पिक र पारालिम्पिकका टिमसहितका खेलाडी र व्यक्तिलाई तोकिएको बसोबास स्थलमा राखिनेछ । खेलाडीले टिमकै लागि तयार पारिएको सवारी साधनहरू मात्रै प्रयोग गर्न पाउनेछन् । 


यसअघि जापानले ओलम्पिकमा विदेशी दर्शहरूलाई आउन नदिने निर्णय भइसकेको छ । खेलाडीहरू बाहेक प्रतियोगितासँग सम्बन्धित ७८ हजार मानिसहरू यस अवसरमा जापान आउने अपेक्षा गरिएको छ । यीमध्ये ५९ हजार जना ओलम्पिक र १९ हजार जना पारालिम्पिकका लागि आउनेछन् । टोकियो ओलम्पिक र पारालिम्पिक जुलाईको अन्त्यदेखि अगष्टको शुरुसम्म हुँदैछ । गत वर्ष कोभिडका कारण प्रतियोगिता एक वर्षपछि सारिएको थियो ।


Author

थप समाचार
x