खेलकुद

बैँग्लोरले जित्यो महिला प्रिमियर लिगको उपाधि

इकागज |
चैत ५, २०८० सोमबार ११:१२ बजे

काठमाडौँ- रोयल च्यालेन्जर्स बैँग्लोरले महिला प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

आइतबार राति दिल्लीमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैँग्लोरले उपाधि जितेको हो ।


उपाधिका लागि १ सय १४ रनको लक्ष्य बैँग्लोरले १९ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

बैँग्लोरको जितमा एलिसे पेरीले ३५ रन, सोफी डिभाइनले ३२ तथा कप्तान स्मृति मन्धानाले ३१ रन जोडे । दिल्लीका लागि मिनु मणी र शिखा पाण्डेले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो ।

दिल्लीका लागि शफाली वर्माले सर्वाधिक ४४ रन जोडिन् । बैँग्लोरका लागि श्रेयाँकी पाटिलले ४ तथा सोफी डिभाइनले ३ र आशा सोभानाले २ विकेट हात पारे ।


Author

थप समाचार
x