खेलकुद

अफगानी महिला टिमलाई शरण दिने लिड्स युनाइटेडको घोषणा

इकागज |
असोज १०, २०७८ आइतबार १५:० बजे

काठमाडौँ- तालिबानका कारण देश छाडेका अफगानी महिला फुटबल खेलाडीहरूलाई इंग्लिस क्लब लिड्स युनाइटेडले शरण दिने प्रस्ताव राखेको छ । खेलाडीलाई मात्र होइन, उनीहरूका परिवार र प्रशिक्षकहरूलाई पनि बेलायतको भिसा उपलब्ध गराउन लिड्सले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेको छ । लिड्सको साथमा दी च्यारिटी फुटबल फर पिस र रोकिट नाम गरेको कम्पनी पनि छन् । 

अफगानी महिला टिमका ३२ खेलाडी उनीहरूका परिवारसँगै हाल पाकिस्तानमा बसिरहेका छन् । अफगानिस्तानको शासन सत्तामा रहेको तालिबानले महिला खेलकुदमाथि प्रतिबन्ध लगाउने बताइसकेको अवस्थामा अफगानी महिला टिमका सदस्य आफ्नो देश फर्कने स्थितिमा छैनन् । 


यस्तोमा यी खेलाडीलाई स्थायी बसोबासको प्रबन्ध मिलाउन आवश्यकता छ । त्यही भएर लिड्सले सहयोगको प्रस्ताव राखेको हो । उसले अफगानी खेलाडीहरूलाई आफ्नो महिला टिममा मौका दिने बताएको छ । 

‘हामी अफगानी महिला खेलाडीहरूलाई शान्तिपूर्ण तथा समृद्ध भविष्य बनाउन सहयोग गर्न तयार छौँ,’ लिड्सका अध्यक्ष आन्द्रेई राड्रिजानाले भनेका छन् । फुटबल फर पिसका संस्थापक कासिफ सिद्दिकीले पनि ती खेलाडीहरूलाई सुरक्षित भविष्यका लागि सहयोग गर्न चाहेको बताएका छन् । 


Author

थप समाचार
x