खेलकुद

भारतको हारपछि ट्वीटरमा समर्थकको आक्रोश

इकागज |
कात्तिक ८, २०७८ सोमबार ११:४५ बजे

काठमाडौँ- पाकिस्तानसँग लज्जास्पद हारपछि ट्वीटरमा भारतीय क्रिकेटका समर्थकले कप्तान विराट कोहोलीलाई कप्तान छोड्न दबाव दिन 'ट्रेन्ट' चलाएका छन् । रोहित शर्मा तथा कप्तान विराट कोहोलीको कप्तान छोडो लगायतका ट्रेन्ड हाल ट्वीटर ट्रेन्डिङमा रहेको छ । भारत र पाकिस्तानबीच हिजो भएको खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । 

यस हारसँगै भारतीय क्रिकेटसमर्थकले खेलाडी तथा त्यसका कप्तान कोहोलीका कारण भारत पराजित भएको भन्दै ट्वीटर लगायतका सोसल मिडियामा टोलीविरुद्ध आक्रोश पोखिरहेका छन् । समर्थकहरूले भारतीय कप्तान कोहोली तथा अन्य खेलाडीहरूको मिम बनाएर पोस्ट गरेका छन् । ट्वीटरमा कतिपयले कप्तान कोहोलीको मिलेमतोमा भारत हारेको भन्ने आरोप समेत लगाएका छन् । 



Author

थप समाचार
x