विश्व

लिउको भ्रमण तालिकाः बिहान बीपी संग्रहालयको भ्रमण, साँझ सोल्टी होटलमा प्रचण्डसँग भेट

इकागज |
असार २७, २०७९ सोमबार ९:३८ बजे

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदै छन् ।

चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् ।


मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कने छन् । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।


Author

थप समाचार
x