स्थानीय तह निर्वाचन २०७९

भरतपुर महानगरः १२ हजार ८ सय ६२ मत गणना हुँदा विजय ६१ मतले अगाडि

इकागज | जेठ २, २०७९

चितवन- भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी निरन्तर अघि लागिरहेका छन् ।  सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रेणु दाहाललाई ६१ मतले पछि पारेर सुवेदी अघि बढिरहेका छन् ।

१२ हजार ८ सय ६२ मत गणना गर्दा एमालेका सुवेदीले ४ हजार ४ सय र माओवादीकी दाहालले ४ हजार ३ सय ३९ मत ल्याएकी छिन् ।

स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।

त्यसैगरी उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ५ हजार १ सय ३ र हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।

 

चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा माओवादीका शर्मा निर्वाचित

इकागज | जेठ २, २०७९

काठमाडौँ- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भए...