स्वास्थ्य

विश्व एड्स दिवस

नेपालमा एचआईभी एड्सका ३३ वर्ष

अतिन आचार्य | मंसिर १५, २०७८
काठमाडौँ- नेपालमा चार वर्षमा ७४ हजार ५०९ जना एचआईभी संक्रमितले उपचार सेवा लिएका छन् । देशभरका विभिन्‍न सरकारी अस्पताल तथा उपचार केन्द्रबाट आर्थिक वर्ष २०७७/०७८ मा २० हजार ८ सय ८३, आव २०७६/०७७ मा १९ हजार २ सय ११, आव २०७५/०७६ मा १७ हजार ९ सय ८७ र आव २०७४/०७५ मा १६ हजार ४ सय २८ जनाले उपचार सेवा लिएका थिए । सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटे पनि उपचार सेवा लिनेको संख्यमा कमी आएको छैन । ...