दिपेन्द्रले सिंगापुरविरुद्धको खेल गुमाउने
काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सिंगापुरविरुद्धको खेल गुमाउने भएका छन् ।
खेल सुरु हुनुअघि अभ्यासका क्रममा घाइते भएपछि दिपेन्द्रले सिंगापुरविरुद्धको खेल गुमाउने भएका हुन् ।
उनी नेपालको प्लेइङ-११ मा रहेका थिए । उनको स्थानमा अब विवेक यादवले मौका पाएका छन् ।