Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

१२४ दिनपछि मनसुन बाहिरियो, तीन प्रदेशमा हिमपात हुन सक्ने

इकागज | असोज २९, २०८०

काठमाडौं- यस वर्षको मनसुन २०८० असोज २८ गते का दिनमा नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नुवाकोटको किस्पाङ गाउँपालिकामा डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै

प्रकाश सिलवाल | असोज २८, २०८०

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोप...

मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर भएन : पूर्व अर्थमन्त्री पौडेल

इकागज | असोज २८, २०८०

बुटवल- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको अवस्था...

तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरूलाई अध्यक्ष पोख्रेलकाे आग्रह

इकागज | असोज २८, २०८०

बुटवल- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठ...

एयरपोर्ट ओर्लिएलगत्तै अर्थमन्त्री महतले भने- नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन

इकागज | असोज २८, २०८०

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले रा...

दसैँको मुखमा पनि उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड २५ लाख

इकागज | असोज २८, २०८०

सर्लाही- सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात ...

यही वर्षमा १० वटा जहाज थप्छौँ, खरिद प्रक्रिया दसैँअघि नै सुरू हुन्छ : मन्त्री किराती {भिडियो}

इकागज | असोज २८, २०८०

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा ...